९ आश्विन २०८१, बुधबार 1727274123
Banner

१० वर्ष लामो अकारण द्वन्द्वले मुलुक पछि पर्‍यो : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष लामो अकारण द्वन्द्वले मुलुक पछि परेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको एक कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको मुल्यवान् समय १० वर्षे द्वन्द्वको कारणले खेर गएको बताए । उनले भने, ‘अकारण मुलुक १० वर्ष द्वन्द्वमा भयो। केही कारण पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन ।

इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान् समय खेर नै गयो ।’ विकास, समृद्धि सबै कुरा द्वन्द्वको कारणले नभएकाले अर्को १० वर्ष त्यसको परिपूर्ति गर्न लागेको उनको भनाइ छ । उनले देश बन्दैन भन्ने भाष्य निर्माण भएको भन्दै देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्ने बताए ।