काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ।
एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन्। एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो।