३० आश्विन २०८१, बुधबार 1729116278
Banner

काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का

काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

केन्द्रले सिन्धुपाल्चोकको जलबिरे केन्द्रविन्दु भएर दिउँसो २ बजे २१ मिनेट जाँदा ३ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित नुवाकोट, काठमाडौँ उपत्यका, काभ्रे र दोलखासम्म महशुष गरिएको थियो ।