३० आश्विन २०८१, बुधबार 1729133528
Banner

रवि लामिछानेले बाढी, पहिरो र जनधनको क्षतिबारे सामूहिक छलफल गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढी पहिरो र जनधनको क्षतिबारे छलफल गर्न सार्वजनिक भेटघाट गर्ने भएका छन् । बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक भेटघाटको कार्यक्रम राखिएको उनको सचिवालयले जानकारी दिएको छ ।

सभापति लामिछानेको सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ- ‘देशको अधिकांश भागमा बाढी, पहिरो र जनधनको क्षति आदी समेत विविध विषयवस्तुबारे पार्टी सभापतिज्यूले सामूहिक छलफलका लागि आज दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक रूपमा भेटघाट कार्यक्रम राख्नुभएको हुनाले सम्पूर्ण साथीभाइहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको कुरा सञ्चारमाध्यमलाई जानकारीको लागि अनुरोध छ।’