२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:30 pm
Banner

पाकिस्तानको आवासीय राजदूतमा धिताल नियुक्त

सूचना प्रेस २०८१ आश्विन २२ मंगलबार ००:००, १८:०८ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।