४ कार्तिक २०८१, आइतबार 1729450554
Banner

सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने

पोखरा । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । आज पनि प्रदर्शन हुने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार अदालतमा रविलाई पेस गर्ने भएपछि रास्वपा नेता कार्यकर्ताहरू पनि सोही क्षेत्र वरपर भेला हुनेछन् ।