४ कार्तिक २०८१, आइतबार 1729474636
Banner

रविविरुद्धको फाइल न्यायाधीश नवराज दाहालको इजलासमा पेश हुने

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् । शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।