८ कार्तिक २०८१, बिहिबार 1729764802
अर्थ

नेपाल लाइफले किन्यो मेवा डेलपर्सको सेयर

काठमाडौं । पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूसँग भएको पुँजी विभिन्न परियोजनामा परिचालन गर्न थालेको छ । कम्पनीले दुई जलविद्युत आयोजनामा ५० लाख कित्ता सेयर ५० करोड रुपैयाँमा खरिद गरेको छ । यही कात्तिक १ गते मेवा डेभलपर्स लिमिटेडसँग सेयर लगानी सम्झौता गरेको नेपाल लाइफले जनाएको छ । साउनको पहिलो साता दुई प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडको १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार रुपैयाँमा सेयर खरिद गरेको थियो ।

नेपाल लाइफले प्रोफेसनल एजुकेटर्सको ३५।३२ प्रतिशत स्वामित्व ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँमा खरिद खरिद गरेको थियो ।
मेवा डेभेलपर्सले ७३ मेगावाटको मध्य मेवा र ९।३ मेगावाटको सिवा खोला अर्धजलासय आयोजनमा सेयर लगानी गरेको हो । मध्य मेवा नदी प्रवाही ९आरओआर० आयोजना हो । नेपाल लाइफले १०० रुपैयाँ अंकित दरले मेवा डेभेलपर्सको ५० लाख कित्ता सेयर खरिद हो । मेवा डेभेलपर्स २०१६ मा निजी कम्पनीको रुपमा स्थापित भएको थियो । यो सन् २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण गरिएको थियो ।

८२.८ मेगावाट क्षमताको दु्ई आयोजना बनाउन कूल १८ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

१३ अर्ब ९० करोड ७० लाख रुपैयाँ बैंकबाट ऋण र बाँकी ४ अर्ब ६३ करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी लगानी रहेको छ । गत असारसम्म संस्थापकहरुबाट ७० प्रतिशत स्वपुँजी लगानी भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण सेयर (आइपिओ) जारी गरेर थप लगानी जुटाउने भएको छ । आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माणाधीन आयोजनाको अहिलेसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस्तै आयोजनामा ऊर्जा डेभलपर्स, सिई कन्स्ट्रक्सन र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले स्वपुँजी लगानी गरेको छ ।

आयोजना ताप्लेजुङ जिल्लाको मिख्वाखोला गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली ११ किलोमिटर दुरीमा रहेको ताप्लेजुङको हाङपाङ सबस्टेशनमा जोडिने भएको छ ।