८ कार्तिक २०८१, बिहिबार 1729803957
Banner

प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

कात्तिक ८ गते । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौँडाको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट बिहीबार पक्राउ गरेको छ ।

आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।