१० जेष्ठ २०८३, आइतबार 1779637237
Banner

सुनको मुल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।