९ मंसिर २०८१, आइतबार 1732430109
Banner

एमाले आफै धामी र आफै बोक्सी वन्ने प्रवृतिवाट जोगियोस

काठमाडौं । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ्घले जग्गा सहित एमाले मुख्यालय वनाइ दिने भएपछि आफनो जात धर्म र गोत्र अनुसार मानिसहरुले यो विषयमा आफनो प्रतिक्रिया दिएका छन । एकजना व्यापारीले पार्टी मुख्यालय वनाइदिने कुरा ठीक की वेठीक ? प्रश्न यही विषयको वरिपरी घुमिरहेको छ ।

मीन वहादुरको जीवनको आफनै कथा होला, खोटाङ्घमा जन्मिएर चप्पल पडकाउदै शहर छिरेर भाट भटेनीजस्ता सुपर मार्केटको मालिक वन्न सक्ने उनीभित्र लुकेको उनको क्षमता र तागत थियो होला । मालपोतको कार्यालयमा दर्ता भएर नापी नक्शामा क्लियर रहेको जग्गा किन्नु उनको भुल थियो होला तर, एमालेको एउटा शुभचिन्तक, त्यो पार्टीको नेतृत्वको फयान हुनुको नाताले उनले एमाले मुख्यालय वनाइदिने काममा उनको के दोष ?

अव प्रश्न उठछ, मीन बहादुरले पार्टी कार्यालय वनाइदिन्छु भन्दैमा केपी ओलीले स्वीकार्ने ? मान्छेहरुलाई कति डाहा, कति छटपटी ? होइन, बाहिरकाले त गरे , गरे, भित्रकालाई आफना भनिएकाहरुलाई पनि कति ईष्या ? कति जलन ?

विरोधीहरुले काम पाएनन, उनीहरुले विरोध गरे । उनीहरुलाई पनि आफनो पार्टी कार्यालय वनाइ दिने हो भने मीन बहादुर उनीहरुका लागि पनि राम्रै मान्छे हुन्थे होला । तर मीन वहादुरले एमाले पार्टी कार्यालय वनाइ दिने भए, विरोधीहरुको टाउको त दुख्नै नै भयो । तर आफनाहरु किन छटपटिएका होलान ? यो छटपटिको कारण के होला ? केपी ओलीलाई प्रहार गरेर आफनो राजनीतिक साख वढाउन वा केपी ओलीलाई कमजोर वनाएर आफु अगाडी जान । यो प्रश्नमा एमालेजनहरु किन वोल्न सकिरहेका छैनन ?

विश्वमा व्यापारी र राजनीतिको सम्वन्ध निकै नजिक रहेको हुन्छ । हाम्रै छीमेकी भारतमा त्यहाँका धनी व्यापारी अम्वानी र नरेन्द्र मोदीको सम्वन्ध पनि नजिककै छ । के अम्वानीले मोदीलाई गरेको सहयोग लिएर विजेपीका कार्यकर्ताहरुले मोदीको विरोध गरेका छन । अहिले अमेरीकामा राष्ट«पतिको निर्वाचन हुदैछ । त्यहाँ विश्वका सवैभन्दा धनी व्यक्ति एलन मस्कले ट«म्पलाई सहयोग गरेको अवस्था छ । यो एउटा प्राकृतिक पक्ष हो । तर एउटा व्यापारीले एउटा नेतालाई सहयोग गर्नु वा एउटा पार्टीलाई सहयोग गर्नु कुनै नौलो कुरा होइन, नेपालमै पनि यस्ता थुप्रै सहयोगहरु भएका छन । तर भाटभटेनीका मालिक मीन वहादुरले खुलेरै एमाले मुख्यालय वनाइदिने कुरा र यो कुराको सार्वजनिकिकरण गरेर केपी ओलीले देखाएको पारदर्शितामा प्रश्न उठाउनु त्यति सान्दर्भिक कुरा होइन ।

तर पार्टीभित्रैवाट यो विषयमा उठेको प्रश्नले भने अर्को प्रश्न जन्माएको छ । एमालेभित्र आफै धामी हुने र आफै बोक्सी वन्ने ग्रामीण प्रसंगले केही ठाँउ पाएको छ । ओलीले नजीकका मानिसहरुको सल्लाहमै, वा पार्टीसँग छलफल गरेर नै यो कामको अगुवाई गरेको हुनुपर्छ । तर तिनै नजीककै मानिसहरुवाट यो विरोधको स्वर आउनु चाँही निकै गहिरो र रोचक राजनीति भएको अनुमान गर्न सकिन्छ । त्यसैले एमाले अध्यक्षले एमालेभित्र आफै धामी पनि वन्ने र आफै बोक्सी पनि वन्ने प्रवृतिवाट सचेत वन्न सक्नुपर्छ ।

काग कराउदै गर्छ, पीना सुक्दै गर्छ, हाति हिडदै गर्छ, कुकुर भुक्दै गर्छ, मदन भण्डारीको यो चर्चित भनाई यहाँ पनि लागु हुनेछ । भाटभटेनीको प्रसंगमा मानिसहरु कराई रहनेछन तर एमालेको पार्टी कार्यालय वनिरहेको हुनेछ । यसले केपी ओलीलाई र एमालेलाई केही फरक पर्नेवाला छैन, विश्लेषकहरुको भनाई यस्तै छ ।