३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:01 pm
समाचार

सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ

सूचना प्रेस २०८१ कार्तिक १५ बिहिबार ००:००, १६:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।