७ मंसिर २०८१, शुक्रबार 1732319862
Banner

कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केही चलचित्रकर्मी तथा संगीतकर्मीले उम्मेदवारी दिएका छन् ।

काठमाडौं महानगरपालिकमा दुई जना कलाकारले मेयर पदमा उम्मेदवारी दिएका छन् । अग्रज चरित्र अभिनेता तथा नाट्यकर्मी मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगर पालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । यस्तै, ¥यापर गायक बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका छन् ।

राप्रपाको घोषणपत्रलाई कार्यान्वयन गर्दै काठमाडौं महानगरपालिकाको विकासमा आफ्ना विभिन्न योजनासहित आपूm मेयर पदको उम्मेदवार बनेर मैदानमा उत्रिएको कलाकार मदनदास श्रेष्ठले बताए । काठमाडौंको कैयौं समस्या समाधानका लागि आपूmले चुनावी मुद्दा बनाएको पनि उनको कथन छ ।

काठमाडौं महानगर पालिकाकै मेयर पदका अर्का उम्मेदवार ¥याप गायक बालेन शाह अहिले आफ्नो घोषणपत्रका योजनाका कारण चर्चामा छन् । तन्नेरी पुस्ताबीच आफ्ना ¥याप गीतका कारण चर्चामा रहेका उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । काठमाडौं महानगर पालिकाको विकासका लागि आपूmले छुट्टै घोषणापत्र तयार गरेर मेयर पदको उम्मेदवारी दिएको उनले राजधानीलाई बताएका छन् ।

काठमाडौं सम्पदा संरक्षण, गीतसंगीत तथा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनलाई पनि आपूmले घोषणापत्रमा समेटेको उनले बताएका छन् । आइतबार बिहान आफ्नो घोषणापत्र सार्वजनिक गरेर सोही दिन उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक पार्टीप्रति जनताको वितृष्णा बढ्दै गएका कारण स्वतन्त्र रूपमा चुनाव जितेर पनि नगरको विकास गर्न सकिन्छ भनेर आपूmले स्वतन्त्र नै उम्मेदवारी दिएको उनले बताएका छन् । गायकसँगै पेसाले इन्जिनियर भएका कारण काठमाडौं महानगरलाई कसरी उत्कृष्ट महानगर बनाउने भन्ने आफ्नो योजना रहेको उनले दाबी गरेका छन् ।

मोडल, कोरियोग्राफर तथा कलाकार सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छन् । एक दशकअघि मिस नेवा बनेकी उनले थुप्रै ¥याम्प मोडलिङसँगै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छन् । केही समय सञ्चारकर्मीका रूपमा काम गरेकी सुनिताले स्वतन्त्र रूपमा काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी थिइन् ।

सोही क्रममा युवाहरूको सम्मान गर्दै आपूmलाई नेकपा एमालेले उपमेयरको उम्मेदवारका रूपमा प्रस्ताव गरेपछि आपूm सो पार्टीबाट उपमेयरको उम्मेदवार बनेको उनले बताएकी छन् । आपूmले काठमाडौं महानगर पालिकाको योजना निर्माणमा रहेर चार वर्ष काम गरेका कारण काठमाडौंको कसरी विकास गर्ने भन्ने जानकारी रहेको उनले बताइन् । जसका लागि आपूmले आठखम्बे विकासको योजना अघि सारेको पनि उनले बताइन् ।

चलचित्र क्षेत्रबाटै उम्मेदवारी दिनेमा हलवालाहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान पनि छन् । उनले काठमाडौं महानगरपालिका–२१ बाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिएका छन् । उनले गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । काठमाडौंको जैसी देवल, वसन्तपुरलगायतको क्षेत्रमा सामाजिक कार्य गर्दै आएकाले स्थानीय जनताको चाहनाअनुसार आपूmले उम्मेदवारी दिएको उनले बताए ।

काठमाडौंबाहिर पनि केही कलाकारले स्थानीय निकायमा उम्मेदवारी दिएका छन् । वृत्तचित्र चलचित्र निर्देशक, साहित्यकार तथा सञ्चारकर्मी गिरिस गिरीले वीरगन्ज नगरपालिकाबाट मेयरको उम्मेदवारी दिएका छन् । उनको बुबा एक समय वीरगन्जको मेयर रहेको र युद्धकालमा बुवाको हत्या भएकाले आपूmले पनि बुबाको मार्ग रोजेको उनको कथन छ । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएको उनले बताएका छन् । वीरगन्जको विकासका लागि विभिन्न योजना लिएर आपूm मेयर पदमा उम्मेदवार बनेको पनि उनले बताएका छन् ।

यस्तै लभ स्टेसन, पिक्चरसहित विभिन्न चलचित्र तथा भद्रगोल, जिरे खुर्सानी, तितो सत्यलगायत थुप्रै टेलीशृंखलामा अभिनय गरेका हास्य अभिनेता दिनेश काफ्लेले पनि वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले सिन्धुलीको कमलामाई नगरपालिका–८ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । पाँच पार्टीको गठबन्धनअनुसार आपूmले नेकपा माओवादीका तर्फबाट कमलामाई नगरपालिका–८ को वडा अध्यक्षमा उम्मेदवारी दिएको दिनेशले राजधानीलाई बताए । ‘कलाकारितासँगै माओवादीबाट भूगोलको राजनीतिमा पनि सक्रिय भएका कारण मलाई वडा अध्यक्षको जिम्मेवारी पार्टीबाट आयो । वडाको विकासका लागि मैले यसपटक उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने निर्णय गरेका भुवन केसी र अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पनौती नगरपालिकाको मेयरपदको उम्मेदवारी घोषणा फिर्ता लिएका छन् । बरु अन्य केही चलचित्रकर्मी तथा संगीतकर्मीहरूले सदस्यमा समेत विभिन्न पार्टीबाट उम्मेदवारी पनि दिएका छन् । राजधानी दैनिकमा डब्बु क्षत्रीले खबर लेखेका छन्