२४ कार्तिक २०८३, मंगलबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 5:45 pm
समाचार

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

सूचना प्रेस २०८१ कार्तिक २१ बुधबार ००:००, १८:१९ बजे १ मिनेट पढाइ

ढोरपाटन (बागलुङ) : बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताउनुभयो । उहाँका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।