४ आश्विन २०८१, शुक्रबार 1726820792
समाचार

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो । 

पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । 

वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।