३ आश्विन २०८१, बिहिबार 1726804147
राजनीति

गगनलाई शेरबहादुरको कटाक्ष : ट्यूसन पढाउन जानेलाई के ज्याला दिनुपर्ला ?

काठमाडौ -कांग्रेस महामन्त्री गगन थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्यूसन पढाउने भनेको प्रति व्यंग्य गर्दै एमालेका नेता शेरबहादुर तामाङले ‘टयूसन पढाउने भने ज्याला पनि तोकिदिनू’ भन्नुभएको छ ।

एक जना बबुरो बर्बराउँछ र भन्छ, केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु’, तामाङले भन्नुभएको ‘साँच्चै ट्यूसन पढाउन आयो भने ज्याला त दिनु नै पर्ला । ज्याला चाहिँ के दिने होला ? लौ न बताइदिनु होला, कमसेकम हामीलाई सजिलो हुनेछ ।’
एमाले अध्यक्ष ओलीले केही दिनअघि कांग्रेसको घोषणापत्रलाई एमालेबाट चिट चोरेर बनाएको बताउनुभएको थियो ।