१० मंसिर २०८१, सोमबार 1732562721
समाचार

मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति

काठमाडौँ । मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गर्दै अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो । जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार अभियोगपत्र पेस भएको र केही बेरमा दर्ता हुने छ ।