२० मंसिर २०८१, बिहिबार 1733385347
खेलकुद

यू-१९ एसिया कप : बंगलादेशसँग नेपाल १४१ रनमा समेटियो

काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।