१७ कार्तिक २०८३, मंगलबार 1:49 pm
खेलकुद

जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ । जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउँदा सहज हुने अपेक्षासहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

यस्तै, विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाउने र त्यसलाई डिफेन्ड गर्ने लक्ष्य रहेको बताए ।