१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:41 am
Banner

काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

सूचना प्रेस २०८१ मंसिर १७ सोमबार ००:००, ०६:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

१० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।