४ आश्विन २०८१, शुक्रबार 1726842153
Banner

घरदैलो अभियानमा काठमाडौं महानगरपालिकाका मेयर उमेदवार केशव स्थापित (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उमेदवार केशव स्थापितले आजदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरे सँगै उहाँले पनि काठमाडौं महानगरपालिका क्षेत्र नं ५ हाँडीगाउँबाट आफनो चुनाबी घरदैलो अभियान शुरु गर्नुभएको हो । उहाँसँगै घरदैलो अभियानमा प्रदेश सांसद नारायण सिलवाल, नेता रत्न गुरुङ, वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापति, वडा सदस्य शशी थापा, वडा सदस्य हरि वहादुर महर्जन, दलित सदस्य आरती सुनार, महिला सदस्य पंचमाया मूनीकार लगायतले घरदैलो अभियानमा मत माग्नुभएको स्थानीय लक्ष्मण शर्माले बताउनुभयो ।

मत माग्न जनताको घरदैलो अभियानमा रहनुभएका मेयरका उम्मेदवार स्थापितसँग मतदाताले समान शिक्षा, सडक, खानेपानी, फोहर व्यवस्थापनलाई प्राथमिकता दिन सुझाब दिएका थिए । जवाफमा स्थापितले आफनो पाँचबर्षे कार्यकालमा जनताका सवै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तस्विर : मोहन अधिकारी