४ आश्विन २०८१, शुक्रबार 1726823925
Banner

सूर्यविनायक नगरपालिकाका १० वडा नै एमालेले जित्छ : मेयर उमेदवार थापा

भक्तपुर । स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाका १० वटा वडा नै एमालेले जित्ने निर्वतमान मेयर एवं हालका मेयर उम्मेदवार बासुदेव थापाले बताउनुभएको छ ।

जिल्ला कमिटि उपाध्यक्ष समेत रहनुभएका थापाले सूर्यविनायक नगरपालिका भित्र भएका विकास निमार्णले जनताको मन जितेको बताउनुभयो । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा आयोजित कार्यक्रममा उम्मेदवार थापाले विकास निमार्णमा भएका अधुँरा कार्यलाई पुरा गर्न आफूले मेयरमा दोहोरयाउन चाहेको बताउनुभयो ।

कार्यक्रममा उपमेयरका उम्मेदवार सरिता भटटराईले आफूहरु जित्नका लागि युद्धमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, हामी हार्नका लागि होइन, एमालेले जित्छ त्यो सोचले हामी अगाडि बढेका छौं ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य किरण थापाले गठबन्धनमा जस्तो कुन चिन्हमा कस्लाई भोट हाल्ने भन्ने एमालेमा अलमल नभएकाले भारी मतान्तरले जितको सुनिश्चित हुने बताउनुभयो । कार्यक्रममा स्थानीय युवाहरुको उल्लेख्यमात्रामा सहभागिता रहेको थियो ।