८ जेष्ठ २०८३, शुक्रबार 1779477590
Banner

देश चलाउन अरूलाई गाली गरेजस्तो र सहकारी ठगेजस्तो सजिलो हुँदैन: प्रधानमन्त्री ओली

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भनी कटाक्ष गर्नुभएको छ। झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने बताउनुभयो। उहाँले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन। हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ।’

प्रधानमन्त्री ओलीले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गर्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोही भ्रममा नपर्नु भए हुन्छ। देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ।

प्रधानमन्त्री ओलीले देश चलाउन सहाकरी ठगेजस्तो सहज नहुने पनि बताउनु भयो। ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन। अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओली भन्नुभयो।