४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 3:06 pm
Banner

रवि लामिछानेलाई एयरपोर्ट पुर्‍याइयो

सूचना प्रेस २०८१ मंसिर २४ सोमबार ००:००, ११:४६ बजे १ मिनेट पढाइ

पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौँ ल्याएर काठमाडौँबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।