सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधारशिला भएको बताएका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सुर्खेतमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले मानव अधिकार भनेको केवल कानुनको विषय मात्र नभएर समाज निर्माणको आधारशिला भएको बताए ।
मानवअधिकारलाई सबै व्यक्तिको जन्मसिद्ध रूपमा प्राप्त आधारभूत अधिकार र स्वतन्त्रताको रूपमा लिइने हुँदा यसले असल र उन्नत समाज निर्माण सघाउ पुग्ने मुख्यमन्त्री कँडेलको भनाई छ । हाम्रो संविधानले नै व्यक्तिको मानवअधिकारलाई मूल मान्यताका रूपमा स्वीकार गर्दे आधारभूत अधिकारको रूपमा अङ्गीकार मुख्यमन्त्री कँडेलले भूगोलको जटिलता, अविकसित संरचना, गरिबी, र शिक्षा तथा स्वास्थ्यको पहुँचमा रहेका चुनौतीहरूले कतिपय क्षेत्रमा मानव अधिकारको प्रत्याभूत हुन नसकेको धारणा राखे ।
सीमित व्यक्तिहरूले मात्र साधन श्रोतको र दोहन गरिरहने अवस्थाको अन्त्य तबसम्म मानव अधिकारको कुरा र हाम्रो समाजबिच ठुलो खाडल कायम रहने मुख्यमन्त्री कँडेल भनाई छ । मुख्यमन्त्री कँडेलले मानव अधिकार सबैको लागि भए पनि वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, सीमान्तकृत र पछाडि पारेका वर्गहरूको लागि विशेष आवश्यकता भएको उल्लेख गर्दे यस्ता वर्गका व्यक्तिहरूले आफ्नो हक निर्बाध उपभोग गर्न सक्ने वातावरण र पूर्वाधारको विकास गर्न राज्यसहित सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने अवस्था बताए ।
सरकारको एक्लो प्रयासले मात्र मानवअधिकार संरक्षणमा पर्याप्त नहुने भएकोले प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालन गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री कँडेलले आफ्नो अधिकार उपभोग गर्दा अरूको अधिकार हननमा हेक्का राख्नुपर्ने चर्चा गर्दे अधिकारसँगै दायित्वको विषयमा पनि नागरिकलाई सचेत गराउनुपर्ने जोड दिए ।