काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । मङ्सिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर बाबुराम कार्कीले बताए ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन । काठमाडौँको केएमसीमा मृत्यु भएपछि परिवारले बालकको शव दुधौलीतर्फ लिएर गएका छन् । मोटरसाइकल नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । स्थानीयले मदन भण्डारी राजमाार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेका हुन् ।