भक्तपुर । भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।
अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल भक्तपुर वडा न २ बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भिर घाईते भएका शाहीलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव पोष्मार्टमका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ ।
मृतकका बुबा दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।