४ आश्विन २०८१, शुक्रबार 1726842714
समाचार

करेन्ट लागेर कामदारको मृत्यु

विराटनगर- मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योगमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । क्रसर उद्योगमा गिट्टी र बालुवा धुने पानी तान्नलाई मोटर चलाउने क्रममा करेन्ट लाग्दा केराबारी–८ का २३ वर्षीय टंक लिम्बूको मृत्यु भएको हो ।

लिम्बू सोही क्रसरका कार्यरत रहेका थिए । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लैजाने क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्रसरको लापरबाहीका कारण लिम्बूको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

आफन्तले मृतकका छोरीलाई भरणपोषण तथा पठनपाठनको व्यवस्था गरिनुपर्ने, परिवारलाई किरिया खर्च र उचित क्षतिपूर्ति दिनुपर्ने तथा लापरबाहीपूर्ण तरिकाले सञ्चालन गरिएको क्रसर उद्योगमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर शव बुझ्न मानिरहेका छैनन् ।