४ आश्विन २०८१, शुक्रबार 1726827371
Banner

धिरजप्रताप सिंह नेपाल प्रहरीको प्रमुख नियुक्त

काठमाडौं – सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक आईजीपीमा बढुवा गरेको हो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत हुनुहुन्थ्यो । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा हुनुहुन्थ्यो । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आईजीपीको रोलक्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियतामा पोखरेल र थापाभन्दा पछाडि रहेका सिंहलाई रोजेको हो ।