४ आश्विन २०८१, शुक्रबार 1726836778
पालिका

यी हुन त्रियुगा नगरपालिकामा भागवत राउतले जित्ने आधार

उदयपुर – २०७४ को स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा ७३ भोटले जित निकालेको नेकपा एमालेले यसपटक फराकिलो मतले जित निकाल्ने प्रंक्षेपण गरेको छ ।

अघिल्लो पटकको निर्वाचनमा भन्दा सांगठानिक संरचना र जनता प्रतिको जनलहरलाई मजबुद बनाएको एमालेले सहजै जित निकाल्ने आकलन गरेको हो । त्यति मात्र नभई सामाजिक क्षेत्रका अगुवा, विकासप्रेमी, भिजन बोकेका व्यक्तित्वलाई मैदानमा उतार्नु पनि एमालेको जित सहज भएको अनुमान गरिएको छ ।

अन्य पार्टीको तुलनामा नेकपा एमालेका मेयरका उमेदवार भागवत राउत र उपमेयर महेश्वरी राई निकै अब्बल मानिन्छन् । तीन दशक बढी सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल उहाँहरू त्रियुगाका जनताको रोजाई र आँखाको नानी भित्र बस्न सफल भएका छन् ।

मेयरका उमेदवार राउतको नेतृत्वमा त्रियुगा–१० मा मदन भण्डारी आँखा अस्पताल निर्माण र सञ्चालन, गरीबका छोराछोरी पढ्ने गरी मनमोहन स्कूल, धार्मिक आस्थाका व्यक्तिलाई लक्षित गरी एक दर्जन भन्दा बढी मठमन्दिर, चर्च निर्माण गरेका छन् । नेपाल नेत्रज्योति संघको केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसमेत रहेका राउत २०५४ का निर्वाचित तत्कालीन वडा–१ हालको वडा–१० का वडाध्यक्ष पनि हुन् ।

सामान्य आँखाका विरामी प्रारम्भिक उपचारका लागि छिमेकी जिल्ला सिरहाको लाहान धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै सदरमुकाम गाईघाटमा संघको स्वामित्वमा रहने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् । त्यहीं उपचार केन्द्रलाई बढोत्तरी गरी एक महीनाअघि सबै प्रकृतिको अप्रेशन हुने गरी आँखा अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

दुई वर्ष यता कोभिडको महामारी बढेसँगै उपचारका लागि अन्यन्त्र लैजानु पर्ने बाध्यतालाई अन्त्य गरी आँखा अस्पतालमा नै कोभिडको उपचार राउतले नै सुरू गरेका हुन् । विभिन्न निकायको सहयोगमा प्रविधिकहरू भित्र्याई कोभिडका विरामीको निःशुल्क उपचार गरिएको थियो ।

उपमेयर पदका उमेदवार महेश्वरी राई शिक्षा, सामाजिक, महिला र मानवअकिारको क्षेत्रमा अब्बल नेतृको रूपमा चिन्ने गरिन्छ । प्रारम्भिक चरणका बालबालिकालाई ‘हाँस्दै–खेल्दै, सिक्दै–सिकाउँदै’ अभियान मार्फत उहाँको नेतृत्वमा जिल्लाका धेरै ठाउँमा बालविकास केन्द्र स्थापना भएका छन् ।

अघिल्लो पटकको निर्वाचनमा भन्दा सांगठानिक संरचना र जनता प्रतिको जनलहरलाई मजबुद बनाएको एमालेले सहजै जित निकाल्ने आकलन गरेको हो । त्यति मात्र नभई सामाजिक क्षेत्रका अगुवा, विकासप्रेमी, भिजन बोकेका व्यक्तित्वलाई मैदानमा उतार्नु पनि एमालेको जित सहज भएको अनुमान गरिएको छ ।

बालबालिकाको सर्वाङिण विकासका लागि प्रारम्भिक चरणमा बालविकास केन्द्र आवश्यक रहेका अवधारणासहित उहाँले थुप्रै ठाउँमा बहस पैरवी र जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । मदन भण्डारी आँखा अस्पतालको सदस्यसमेत रहेका राई त्रियुगा जनता बहुमुखी  क्याम्पसको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष हुन् ।

उहाँसँग लामो समयको महिला अधिकार, सामाजिक अभियान, शिक्षा क्षेत्रको क्षेत्रको बहस र पैरवीको अनुभव छ । सामाजिक अभियानका हाई प्रोफाईल भएका व्यक्ति मैदानमा रहेकाले नेकपा एमालेलाई यस पटक जित निकाल्न सहज भएको नगरबासीको अनुमान छ ।

मेयर पदका उमेदवार भागवत राउत भन्नुहुन्छ, “जित्नका लागि हिजो जति कष्ट थियो, यसपटक त्यस्तो असहज छैन । हामीले गाउँ–गाउँमा संगठन बनाएका छौं, जनता रिझाउने काम गरेका छौं ।”

मेयर पदका उमेदवार राउतले भन्नुभयो, ‘जनप्रतिनिधि नभएर पनि त्यो भन्दा बढी त्रियुगा र सिंगो उदयपुरको विकास निर्माणमा टेवा पु¥याएको छ । मेरो कामको मूल्यांकन गरी एक पटक जनप्रतिनिधि हुने मौका दिए त्रियुगालाई बजार हैन नमूना सहरको रूपमा विकास गर्छु ।’  

‘अस्तव्यस्त त्रियुगालाई सुन्दर, हराभरा, लोभ लाग्ने बनाउछु ।’ राउतले भन्नुभयो, ‘भिजन, क्षमता, अभिरुची भएर पनि जनप्रतिनिधि आफूनिकट नहुँदा धेरै विकास निर्माणका काममा अवरोध पुगेको छ त्यसैले मैले र एमालेले बोकेको सपना पूरा गर्न उमेदवार बनेको हुँ ।

लामो समय शिक्षा, सामाजिक, महिला र मानव अधिकारको क्षेत्रमा अनुभव भएका उपमेयर महेश्वरी राई लगायत अनुभवी तथा इमान्दार वडाध्यक्ष र सदस्यहरू एमालेका उमेदवारहरू भएकाले चुनाव जित्न त्यति गाह्रो नभएको उहाँले बताउनु भयो ।

गठबन्धन भित्र भाडभैलो र टिकट नपाउने बीचको असन्तुष्टिका स्वरहरू अन्य पार्टीमा सुनिरहेको बेला एमाले भित्रको मजबुद एकता र एउटै स्वरले विजयीको यात्रालाई थप मलजल पुगेको एमाले अध्यक्ष परमेश्वर घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘टिकट लिनका लागि प्रतिसपर्धामा उत्रिए पनि टिकट पाइसकेपछि कसैको असन्तुष्टि नरहेको र प्रतिस्पर्धीहरू नै चुनावी अभियानको मोर्चा सम्हालेर हिड्नु भएकाले कार्यकर्तालाई थप उर्जा मिलेको छ ।’