२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:34 am
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सूचना प्रेस २०८१ पुस २६ शुक्रबार ००:००, ११:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।