काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई छलफल गर्न भन्दै राज्यव्यवस्था समितिले शुक्रबारका लागि बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएर राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफल गर्ने तयारी गरेको हो । समिति सभापति रामहरि खतिवडाका अनुसार राष्ट्रिय परिचपत्रको नाममा जनताले पाएको सास्तीको विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
उनले बैठक शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको पनि बताए । सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएपछि गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको उनले बताए ।