काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले सो नाफा कमाएको हो । यो नाफा गत वर्षको यसैअवधिको भन्दा ६८.२० प्रतिशतले कम रहेको छ । गत वर्ष बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटेको छ । ७.१९ प्रतिशतले घटेर ब्याज आम्दानी ५ अर्ब ३१ करोड रुपैयाँ कायम छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ७२ करोड थियो ।
इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ ।