काठमाडौं । एनआइसी एसिया बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको हो । गत वर्ष बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी घटेर ५ अर्ब १८ करोड कायम छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ । यसले गर्दा नाफामा गिरावट देखिएको हो ।
बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ । यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।