बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ठुला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताएका हुन ।
मुख्यमन्त्री आचार्यले योजनाहरू छरेर भन्दा परिणाममुखी बनाएर जाने सरकारले रणनीति बनाएको बताए । उनले आगामी वर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए । उनले योजना छनौटमा देखिएको विकृति रोक्नकै लागि पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको बताए ।