४ आश्विन २०८१, शुक्रबार 1726838548
पालिका

त्रियुगा नगरपालिकामा यस्तो छ चुनाबी चहलपहल

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका हुन। त्रियुगा नगरपालिकाका नेकपा एमालेका मेयर, उपमेयर, वडा अध्यक्षका उम्मेदवारले मंगलबार वडा नम्बर ६ को लालपत्ताको गडमेमा चुनावी घरदैलो अभियान सम्पन्न गरेका छन् । लालपत्ताको गडमे हुँदै वृजा कान्ला, घनचक्रे, मोहनपुरसम्म घरदैलो अभियानमा सहभागि भएको मेयर पदका उमेदवार भागवत राउतले बताउनुभयो ।

घरदैलो अभियानमा मतदाताले, परिर्वतन र विकासको पक्षमा मत दिने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । उमेदवार घरदैलोमा पुग्दा मतदाताले थपेको उत्साहले आफुहरुलाई थप हौसला मिलेको राउतले बताउनुभयो । घरदैलो अभियानमा नेकपा एमालेका प्रदेश सदस्य ईश्वर मणी राउत, मेयर पदका उम्मेदवार भागवत राउत, उपमेयरका उम्मेदवार महेश्वरी राई, वडाका अध्यक्ष, सदस्यका उमेदवार, जिल्ला कमिटिका सदस्यहरु, नगरकमिटिका सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।