१९ बैशाख २०८३, शनिबार 1777723338
Banner

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

माघ ६ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार  बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै दाहालले राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर प्रमुख हुनुहुन्थ्यो ।

सङ्घीय  संसदको निर्वाचनमा चितवन ३ वाट उम्मेदवार हुन उहाँले राजीनामा दिनुभएको हो ।  मङ्गलबार नै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

राजीनामा दिनु अघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

दाहालले दिनुभएको राजीनामा उपप्रमुख चित्रसेन अधिकारीले स्वीकृत गर्नुभएको  बताइएको छ ।