६ आश्विन २०८१, आइतबार 1727038911
Banner

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । उहाँ आज बिहान काठमाडौँबाट झापा आउनुभएको हो । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उहाँ अपराह्न मेचीनगरको धुलाबारी आउनुभएको हो ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उहाँले मेचीनगरबासीलाई आह्वान गर्नुभयो । उहाँले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।