काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ । रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सो माग गरेका हुन् ।

उनले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताए । उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पन सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ ।’
लामिछाने संसदको चौथो ठूलो दल रास्वपाको सभापति रहेको ख्याल गर्न आग्रह गर्दै उनले सभापतिमाथि यो हदसम्मको प्रतिसोधको मुल्य सरकारले चुकाउनुपर्ने चेतावनी थिए ।


