काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त भएपछि सिमेन्टको माग घटेर उद्योगहरु न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । यसैबीच सौरभ ग्रुपले सिमेन्टमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले सञ्चालनमा रहेका दुई सिमेन्ट उद्योगको सबै स्वामित्व खरिद गरेको छ । सौरभ ग्रुपको सर्वोत्तम होल्डिङस लिमिटेडले जगदम्बा सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको सबै स्वामित्व खरिद गरेको हो । दुई उद्योगमा सौरभ र शंकर ग्रुपको संयुक्त लगानी थियो । शुभश्रीमा सौरभको ६० र शंकर ग्रुपको ४० प्रतिशत स्वामित्व थियो । शौरभले ४० प्रतिशत स्वामित्व किनेर आफ्नो बनाएको हो ।

दुबै उद्योगको सम्पत्ति तथा दायित्व मूल्याँकन (डिडिए) प्रतिवेदन बमोजिम शुभश्री जगदम्बा सिमेन्टको प्रति सेयर १ सय र जगदम्बा सिमेन्टको १५ रुपैयाँका दरले सर्वोत्तमको सहायक कम्पनी सर्वोत्तम होल्डिङसमार्फत खरिद गरिएको ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् । सञ्चालनमा रहेका दुवै सिमेन्ट उद्योगको २२ वर्ष पुरानो ब्राण्ड र डिलर नेटर्वकको साथ सर्वोत्तम सिमेन्टलाई पनि प्राप्त हुने उनको भनाई छ ।
नयाँ उद्योग स्थापना गर्दा हालको लगानीको ३ गुणा ठुलो पुँजीको आवश्यकता पर्छ । उद्योग स्थापना पश्चात उत्पादनको लागि आवश्यक बजार पर्वद्धन गर्न समय लाग्ने भएकाले सञ्चालनमा रहेका सिमेन्ट उद्योगको खरिद गरेको उनले जानकारी दिएका छन् ।
उद्योगका आफ्नो सबै ब्राण्डहरु नेपालको सिमेन्ट बजारमा स्थिापित र पुरानो रहकाले मुल्यवान बाण्डहहरुलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी गराएका छन् ।


