७ मंसिर २०८१, शुक्रबार 1732292399
शिक्षा /स्वास्थ्य

कोभिड १९ का नयाँ भेरियन्टका लागि पनि अहिलेकै खोप प्रभावकारी

काठमाडौं- विश्व स्वास्थ्य संगठनले कोभिड १९ का अरु नयाँ भेरियन्टहरुलाई पनि अहिलेका कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

यस्तै, विश्वमा कोभिड १९ का संक्रमितहरुका संख्या पनि घट्दै गएको पाइएको छ । गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिड १९ का कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

यो मृत्युदरमा भएको कमी पनि कोभिड १९ का विरुद्धको खोपकै कारण भएको संगठनको भनाइ छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिड १९ को ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।