३ जेष्ठ २०८३, आइतबार 1779053946
Banner

प्रकृतिको शव आज नेपाल ल्याइने

काठमाडौं । ‍भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने भएको छ ।

बिहान बिहान ७ बजेको जहाजबाट उनको शव नेपाल ल्याउन लागिएको हो ।

प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।