काठमाडौं । सरकारले राइड सेअरिङ एपहरूको कमिसन घटाउने प्रक्रिया अघि बढाएको छ। पठाओ, इन्ड्राइभ, टुटल, जुमजुम जस्ता एपहरूले सञ्चालन गर्दै आएका छन्, जसमा पठाओ र इन्ड्राइभ प्रमुख छन्। हाल, पठाओले २० प्रतिशत र इन्ड्राइभले १० प्रतिशत कमिसन लिइरहेका छन्।

यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाउँदै भाडा घटाउने तयारी गरेको छ। विभागले कमिसन ५ प्रतिशतमा झार्नको लागि छलफल गरिरहेको जनाएको छ। नयाँ भाडादरको मापदण्ड पनि तयार हुँदै छ। विभागका महानिर्देशक राजीव पोखरेलले, “किमिसन घटाउनको लागि काम भइरहेको छ, र स्टेक होल्डरसँग छलफल गरिरहेका छौँ,” भने।


