२७ जेष्ठ २०८३, बुधबार 1781081441
Banner

प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्रीको फोन संवाद, दोषीलाई कारबाहीको पहल गर्ने प्रतिवद्धता

काठमाडौं, फागुन १३ । भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन संवाद गरेका छन्। लम्साल निवासमा पुगेका एमाले नेता महेश बस्नेतले प्रकृतिका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री ओलीसमक्ष फोन गराएका थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, भैरहवामा बस्ने प्रकृतिका बुवा–आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराए।

प्रधानमन्त्री ओलीले भने, “सबै नेपाली विद्यार्थी हाम्रै छोराछोरी हुन्, सबैको सुरक्षाका लागि म सचेत छु र हामी पहल गरिरहेका छौं।” प्रकृतिको परिवारको पीडामा राज्यसँगै रहेको बताउँदै उनले दुःख व्यक्त गरेको जनाइएको छ।