२ जेष्ठ २०८३, शनिबार 1778913765
समाचार

नेपालपछि पाकिस्तानमा पनि गयो भूकम्प

काठमाडौँ । नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए ।

नेपालमा पनि आज बिहान  २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय भारत, पाकिस्तान र नेपालमा भूकम्पका धक्काहरू आइरहेका छन् ।