काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बस्दै छ। दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश सदनबाट पारित गराउन अन्य राजनीतिक दलहरुसंग संवाद अघि बढाउने विषयका साथै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमाथिको छलफल गर्ने लगायतका एजेण्डाहरु रहेको बताइएको छ ।


