२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:15 am
राजनीति

स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन

सूचना प्रेस २०८१ फाल्गुन १९ सोमबार ००:००, १०:०० बजे १ मिनेट पढाइ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न समिति गठन गरेको छ । चैत ५ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्न नेविसंघले विभिन्न १४ वटा समिति र तिनका संयोजक तोकेको हो ।

स्ववियु निर्वाचनमा नेविसंघकाे तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेविसंघकाे सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। त्रिविमा स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ। आज संघ संगठन दर्ताको कार्यतालिका रहेको छ।