१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:39 am
Banner

नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित

सूचना प्रेस २०८१ फाल्गुन २३ शुक्रबार ००:००, १९:२५ बजे १ मिनेट पढाइ

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट इतर समूहको प्यानल नै विजयी भएको छ ।

एमाले मोरङको पार्टी कार्यालयमा शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा, उपसचिवमा शिल्पा कार्की विजयी भएका छन् ।

एमाले मोरङको अधिवेशन फागुन १७ गते उद्घाटन भएको थियो । चार दिनपछि मतदान प्रक्रिया भएको थियो । निर्वाचनमा ८८८ मत खसेको थियो । ९११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित थिए ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।‌ मतदानका लागि ९११ जना प्रतिनिधि चयन भएका थिए ।