६ आश्विन २०८१, आइतबार 1727061638
Banner

२६औं पटक सगरमाथाको चुचुरो चुमेर कामिरिताको विश्व किर्तिमान

काठमाडौं, २४ वैशाख । सगरमाथाको २६औं पटक आरोहरण गरी कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । यसअघि आफ्नै २५औं पटक सगरमाथा चढेको इतिहास कामिरिताले तोडेका हुन् ।

सोलुखुम्बुका ५२ वर्षीय कामिरिताले आज साँझ सगरमाथाको सफल आरोहरण गरेका हुन् । उनले ६ बजेर ५५ मिनेटमा चुचुरो चुमेको जनाइएको छ ।