काठमाडौं । राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
मिश्रले यसअघि पनि पटक पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए । प्रहरी परिसरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनीहरुलाई टेकुमा राखिएको छ ।


